
काठमाडौं ।
एप्पलले आफ्नो सामसङसँगको निर्भरता कम गर्ने योजना अन्तर्गतको एक भागको रूपमा चिनियाँ ओएलइडी निर्माता बीओइलाई मिश्रणमा लिएर कम्पनीले आफ्नो ओएलइडी आपूर्ति श्रृंखला विविधीकरण गर्न चाहेको बताइएको छ।
अहिलेसम्म, एप्पल पूर्णरुपमा सामसङ र एलजीमा मात्र भर पर्दै आइरहेको र सामसङले धेरै अर्डरहरू एप्पलबाट लिने गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यद्यपि, बीओइ प्यानलहरूले गुणस्तर आवश्यकताहरू पूरा गर्न बाँकी नै भएकाले एप्पलको आईफोन १५ उत्पादन योजना अनुरुप नगएको बताइएको छ। बीओइको ओएलइडी उत्पादनमा समान किसिमको निरन्तरता नभएको र डायनामिक आईल्याण्डको कटआउट वरिपरिबाट एक प्रमुख लाइट लीक भएको रिपोर्टमा बताइएको छ।
यद्यपी द इलेक को रिपोर्टले भने बीओइ पूर्णरूपमा मिश्रणबाट बाहिर नभएको उल्लेख गरेको छ। चिनियाँ निर्माताले प्रगति गरिरहेको तर हालको प्रारम्भिक ओएलइडी अर्डरको लागि समयमा तयार गर्न नसकेतापनि यसको उत्पादनहरुले आईफोनको पछिका ब्याचहरूमा भाग लिने देखिएको उल्लेख गरिएको छ।
साथै नतिजा स्वरूप सामसङले योजना भन्दा एक महिना पहिले उत्पादन शुरु गर्नुपर्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार