
काठमाडौं ।
भारतीय नुनदेखि सफ्टवेयर सम्म बनाउने टाटा समूहले आफ्नो डिजिटल व्यवसायलाई बलियो बनाउनको लागि आफ्नो सुपर एप उद्यममा थप २ बिलियन डलर लगानी थप गर्ने विचार गरिरहेको छ।
ब्लूमबर्ग न्यूजले यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
कोषले समूहको अनलाइन प्लेटफर्म टाटा नेउलाई यसको डिजिटल प्रस्तावहरू बलियो बनाउन, प्राविधिक त्रुटिहरू समाधान गर्न र कुनै पनि नयाँ खर्च आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने रिपोर्टले भन्यो।
यदि सम्झौता भयो भने लगानी थप्ने कार्य दुई वर्षमा लाग्ने बताईएको छ।
रिपोर्टका अनुसार टाटा समूहले टाटा डिजिटललाई सुपर एपको मूल्याङ्कन बढाउने उपायहरू खोज्न पनि आग्रह गरेको छ।
टाटाले गत वर्ष अप्रिलमा इ-कमर्स सुपर एप सुरू गरेको थियो।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार