सुनसरीमा राहदानीको अनलाइन फारम भर्ने तथा फोटो खिचाउने काम एकै दिन

  • Technology Khabar | १४ चैत्र २०७९, मंगलवार
सुनसरीमा राहदानीको अनलाइन फारम भर्ने तथा फोटो खिचाउने काम एकै दिन

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले राहदानीको फारम भर्न तथा फोटो खिचाउने काम एकै दिन गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ।

सेवाग्राहीलाई सहज वातावरणमा राहदानी प्रदान गर्ने उद्देश्यले प्रशासन आफैले फारम भर्ने र सोही दिन फोटो खिच्न सक्ने व्यवस्था गरेको हो।

सुरु गरिएको सेवामा अहिले तत्काल दैनिक १ सय २० जनालाई सेवा दिने र यो सङ्ख्यालाई बिस्तारै वृद्धि गर्दै लैजाने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

कार्यालयले फारम भरेर पठाएका र स्वीकृत नभएका राहदानीका साथै अन्य कामहरू अवरुद्ध कामहरूलाई चुस्त दुरुस्तताका साथ अगाडि बढाउने बताएको छ।

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै हाल १२० जनालाई मात्र सेवा दिइएपनि केही समयपछि यो सङ्ख्या बढाइने प्रजिअ पाण्डेले जानकारी दिईन्।

यो सेवाले टाढाबाट आउने सेवाग्राहीलाई राहदानीकै लागि दुई/तीन दिनसम्म होटलमा बस्नुपर्ने, आफन्त वा साथीभाइको घरमा बास बस्नुपर्ने झन्झटबाट मुक्ति दिएको छ।

राहदानी बनाउनका लागि आइपुग्नेहरूलाई बिचौलियाले दुःख दिने गरेको र अहिले त्यो अन्त्य भएको प्रजिअ पाण्डेको भनाइ छ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार