काठमाडौं ।
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सोमबार शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “ शाओमीको लक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं।”
फ्ल्यागशिप इमेजिङ प्रणाली र स्मार्ट डुअल फ्रन्ट क्यामराको साथ मास्टरपिस पोर्ट्रेटहरू
यस शाओमी १३ लाइटमा ५० मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप रहेको छ जसमा मुख्य क्यामरा रहेको आईएमएक्स ७६६ सेन्सर जडान गरिएको छ। इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरूको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ।
फ्ल्यागशिप लेभल रियर क्यामरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ । ३२ मेगापिक्सेल फ्रन्ट क्यामराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको ८ मेगापिक्सेल फ्रन्ट क्यामराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा काम गर्दछ। शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम इन वा जुम आउट गर्दछ।
सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम बनाउँछ। यसमा भएको २ एक्स सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरू खिच्न सक्षम बनाउँछ।
अविश्वसनीय रूपमा हल्का र स्लिम डिजाइन
स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट डिजाईन गरिएको छ । यसको ६.५५ इन्चको कर्भ डिस्प्लेले शाओमी १३ प्रो जस्तै प्रिमियम र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ। कर्भ बडी डिजाइनले सहज ह्यान्ड ग्रिप पनि प्रदान गर्दछ ।
फ्ल्यागशिप चिपसेट र टर्बो चार्जिङ प्रविधिद्वारा समर्थित
शाओमी १३ लाइटमा स्न्यापड्रागन ७ जेन १ मोबाइल प्लेटफर्म, २०% सुधारिएको जीपीयू कार्यसम्पादन र कार्यसम्पादनमा ३०% वृद्धि भएको सबैभन्दा बलियो प्रोसेसरसँग सुसज्जित छ। शाओमी १३ लाइट सुधारिएको कुलिङ क्यापासिटी र डुअल फ्रन्ट क्यामेराहरूको साथ उपलब्द छ । यो स्मार्टफोन समान रूपमा शक्तिशाली ४५०० एमएएच ब्याट्री र ६५ वाट वायर्ड टर्बो चार्जिङले प्रयोगकर्ताहरुलाई लामो समयसम्म प्रयोग गर्न मद्दत गर्छ।
जीवन्त तथा आई–केयरिंग डिस्प्ले
अविश्वसनीय डिस्प्ले टेक्नोलोजी रहेका शाओमी १३ लाइट ६.५५ इन्चको डिस्प्ले र विभिन्न सुविधाहरूको साथ आउँछ, जसले प्रयोगकर्ताहरूलाई उच्च–इमर्सिभ भिजुअल र अडियो अनुभव प्रदान गर्दछ। १२० हर्ज सम्मको स्क्रिन रिफ्रेस रेट र २४० को टच सम्प्लिंग रेटको साथ, यसको डिस्प्लेले सामग्री उपभोग र गेमिङको लागि फ्ल्यागशिप–स्तरको सहजता प्रदान गर्दछ । यसको साथै, शाओमी १३ लाइटले ६८ बिलियन रङहरू प्रदर्शन गर्न जसले सोशल मिडियामा तपाइँको मनपर्ने पोर्ट्रेटहरू ब्राउज गर्दा सही रङहरू प्रदान गर्न सक्षम बनाउँछ । प्रयोगकर्ताहरूको आँखाको सुरक्षाको लागि सनलाइट मोड र रिडिङ मोडको साथ सुनिश्चित गरिएको छ जसले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ ।
बजार उपलब्धता
लाइट ब्लू र लाइट पिंक गरि योशाओमी १३ लाइट दुई रंगमा हुनेछ भने ८+१२८जीबी र ८+२५६जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।
८+१२८जीबी र ८+२५६जीबी भेरियन्टको मूल्य क्रमशः ५४,९९९ र ५७,९९९ रुपैयाँ हुनेछ।
शाओमी १३ लाइट २०७९ चैत १३ गते बाट नेपालभर आधिकारिक स्टोरहरूमा उपलब्ध हुने जनाएको छ।
प्रकाशित: १३ चैत्र २०७९, सोमबार