सामसङ एक्जिनोस मोडेम ५३००मा १०जीबीपीएस डाउनलोड स्पिड र लामो समय ब्याट्री टिक्ने

  • Technology Khabar | १३ चैत्र २०७९, सोमबार
सामसङ एक्जिनोस मोडेम ५३००मा १०जीबीपीएस डाउनलोड स्पिड र लामो समय ब्याट्री टिक्ने

काठमाडौं ।

सामसङ सेमीकन्डक्टरको पछिल्लो ५जी मोडेम हालै मात्र घोषणा गरिएको एक्जिनोस मोडेम ५३००को साथ आइपुगेको छ। उक्त सब–६गीगाहर्ज र एमएमवेभ ५जी–क्यापेबल मोडेमले १०जीबीपीएस सम्म डाउनलोड र ३.८७जीबीपीएस अपलोड स्पिड (गति) ल्याएको र मोडेमले एसए (स्ट्यान्डअलोन) र एनएसए (नन्–स्ट्यान्डअलोन) गरी दुवै ५जी नेटवर्कहरू समर्थन गर्ने बताइएको छ।

एक्जिनोस ५३००लाई सामसङ फाउन्ड्रीको ४एनएम ईयूभी प्रक्रियामा फ्याब गरिएको हुनाले यसले सुधारिएको पावर इफिसेन्सी ल्याउँदै ब्याट्रीको आयु लामो पार्ने बताइएको छ। यसको बिल्ट–इन पीसीएलई इन्टरफेसले गर्दा नयाँ मोडेम विभिन्न चिपसेटहरूमा जडान गर्न कन्फिगर योग्य रहेको र एकदमै नवीनतम (ल्याटेस्ट) ३जीपीपी ५जी एनआर रिलीज १६ स्ट्यान्डर्ड सपोर्ट पनि गर्ने उल्लेख गरिएको छ।

यद्यपी कुन चिपसेटमा उक्त नयाँ एक्जीनोस ५३०० मोडेम समावेश गरिने छ भनेर कुनै पनि आधिकारिक पुष्टिकरण उपलब्ध नभएको बताइएको छ। साथै उक्त मोडेम पिक्सेल ८ सिरिजको साथ गुगलको टेन्सर ३ चिपसेटमा डेब्यु गर्न सक्ने सम्भावना रहेको भनी केही अफवाहहरू चलेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार