रेडमी १२सी भारतमा मार्च ३० मा लन्च गरिने

  • Technology Khabar | १३ चैत्र २०७९, सोमबार
रेडमी १२सी भारतमा मार्च ३० मा लन्च गरिने

काठमाडौं ।

गत वर्षको डिसेम्बरमा चीनमा घोषणा गरिएको रेडमी १२सी लाई भारतमा आगामी मार्च ३० मा डेब्यू गरिने भएको छ। हेलियो जी८५ एसओसी पावर्ड यस फोनले एमआईयू रन गर्ने बताइएको छ। साथै अनबोर्डमा ६जीबी र्याम र १२८जीबी स्टोरेजका साथ फोन उपलब्ध हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

रेडमी १२सी मा ६.७१ इन्चको एचडीप्लस एलसीडी डिस्प्ले र माइक्रोयूएसबी पोर्ट मार्फत पावर तान्ने ५,००० एमएएच ब्याट्री प्याक समावेश गरिएको बताइएको छ। साथै स्मार्टफोनको अगाडिको भागमा ५मेगापिक्सेलको सेल्फी शूटर र पछाडि भने ५० मेगापिक्सेलको प्राइमरी क्यामेराको साथमा एउटा अर्को डेफ्थ युनिट गरी कुल तीनओटा क्यामेराहरू फिचर गरिएको बताइएको छ।

रेडमी १२सीको अन्य हाइलाइटहरूमा रियर–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, एनएफसी (बजारमा निर्भर) र ३.५एमएम हेडफोन ज्याक समावेश रहेको उल्लेख गरिएको छ। साथै फोनमा स्टोरेज एक्सपानसन् (भण्डारण विस्तार) को लागि डेडिकेटेड् माइक्रोएसडी कार्ड स्लट पनि रहेको बताइएको छ।

रेडमी १२सी चारओटा कलर अप्सनमा (रङ्गहरूको विकल्प) उपलब्ध भएको बताइएको छ। साथै शाओमीले आफ्नो आधिकारिक भारतीय वेबसाइटमा सेटअप गरेको इभेन्ट पेजले रेडमी १२सीको उक्त सबै चारओटा कलर अप्सनहरु भारतमा लन्च गर्ने पुष्टि गरेको बताइएको छ।

त्यसैगरी रेडमीले मार्च ३० मा भारतमा भर्खरै घोषणा गरिएको रेडमी नोट १२ ४जी पनि लन्च गर्ने बताइएको छ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार