महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक भारतमा डेलिभरी शुरू, नेपालमा कहिले आउने छैन टुंगो

Technology Khabar ११ चैत्र २०७९, शनिबार

काठमाडौं ।

महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभी भारतमा डेलिभरी शुरू भएको छ।

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी भारतमा सेक्टरमबर २०२२ मा सार्वजनिक गरिएको थियो र बिक्री भने जनवरी २०२३ मा शुरू गरिएको थियो।

२६ जनवरीदेखिशुरू गरिएको बुकिङको डेलिभरी अहिले शुरु गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

हालसम्म ४०० ग्राहकले डेलिभरी प्राप्त गरेका छन्। रिपोर्ट अनुसार महिन्द्रा एक्सयूभी४०० ले १० हजारभन्दा बढी बुकिङ प्राप्त गरेको र यसको वेटिङ पिरियड सेक्टेम्बर २०२३ सम्म पुगिसकेको छ र यो अझै बढ्ने सम्भावना छ।

कम्पनीको टप स्पेक ईएल भेरियन्टको डेलिभरी शुरू भएको हो भने एन्ट्री लेभल ईसी भेरिएन्टको डेलिभरी तिहारदेखि शुरू हुनेछ। महिन्द्रा एक्सयूभी१५ लाख ९९ हजार भारु र १८ लाख ९९ हजार भारुमा बिक्री गरिएको छ।

भारतमा महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी डेलिभरी शुरू भए पनि नेपालमा भने हालसम्म पनि सार्वजनिक भएको छैन। अग्नी इनर्जी प्रालि महिन्द्रा ईभीका लागि नेपालको आधिकारिक वितरक हो।

नेपालमा महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी ल्याउनका महिन्द्रा इन्डियासँग छलफल भइरहेको अग्नी इनर्जी प्रालिअसिस्टेन्ट जनरल म्यानेजर प्रमोद भण्डारी बताउँछन्।

‘भारतमा भर्खर महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभीको डेलिभरी शुरुभएको छ। महिन्द्रा इन्डियाले अहिलेसम्म नेपालमा कहिलेबाट उपलब्ध गराउने समयसीमा दिइसकेको छैन,’ भण्डारीले टेक्नोलोजीखबरसँग भने, ‘हामी सकभर छिटो ल्याउने प्रयासमा छौं।’

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी २ ब्याट्री विकल्प ४३.५ किलोवाट तथा ३९.४ किलोवाटमा उपलब्ध छ। ब्याट्रीले सिंगल इलेक्ट्रिक मोटरमा १५० एचपी पावर र ३१० न्यूटन मीटर टर्क प्रदान गर्छ।

सानो ब्याट्रीबाट ३७५ किलोमिटर रेञ्ज तथा ठुलो ब्याट्रीबाट ४५६ किलोमिटर रेञ्ज प्राप्त हुने कम्पनीको दाबी छ। महिन्द्रा एक्सयूभी४०० ईभी १५० किलोमिटर प्रति घण्टाको टप स्पीडमा गुड्छ।

यसले ८.३ सेकण्डमा १०० किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न सक्छ। यसको ईसी भेरियन्टमा ं३.३ किलोवाट वा ७.२ किलोवाट एसी चार्जर प्राप्त हुन्छ र टप स्पेक ईएल भेरियन्टमा ७.२ किलोवाट एसी चार्जर छ।एउटा मात्र इलेक्ट्रिक मोटर दिएकाले महिन्द्रा एक्सयूभी४०० ईभी फ्रन्ट ह्वील ड्राइभ हो।

इभीमा एन्ड्राइड अटो वा एप्पल कारप्ले कनेक्टिभिटी, ७ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एलईडी हेडलाइट, १७–इंच अलोय व्हील्स, ६ एयरब्याग, ईबीडीका साथै एबीएस, एउटा एमआईडी यूनिट और सबै पांग्रामा डिक्स ब्रेक दिइएको छ।

यस इलेक्ट्रिक एसयूभी ५ रंग विकल्प में उपलब्ध गराइएको छ जसमा सैटिन कपरको डुअल टोन विकल्पका साथ आर्कटिक ब्लू, एभरेस्ट व्हाइट, ग्यालेक्सी ग्रे, नेपोली ब्लयाक र इनफिनिटी ब्लू छ।

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभीमा ३ वर्षको अनलिमिटेड किलोमीटर वारेटी र ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको एक्सटेन्डेड वारेन्टी उपलब्ध छ।

प्रकाशित: ११ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया