एनसेलले ल्यायो ‘मज्जाको प्लान’, आकर्षक डाटा र भ्वाइस सेवाको बन्डल

  • Technology Khabar | २ चैत्र २०७९, बिहीबार
एनसेलले ल्यायो ‘मज्जाको प्लान’, आकर्षक डाटा र भ्वाइस सेवाको बन्डल

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डाटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ।

यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ यहि चैत्र ३ गते शुक्रबार देखि संचालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन्।

ग्राहकले यो स्टार्टर प्याक कर सहित रु ५९९ मा खरिद गर्न सक्छन् । यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डाटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डाटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले रु २०० देखि रु ४९९ को रिचार्जमा ५% बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने रु ५०० वा सो भन्दा बढिको रिचार्जमा १०% बोनसको मजा लिन सक्छन् ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डाटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रु ५९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डाटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन्।

सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ। ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...