फ्रि कल उपलब्ध गराइरहेको भन्दै आएको सामाजिक सञ्जालको गलत जानकारीबाट बच्न नेपाल टेलिकमको आग्रह

  • Technology Khabar | २ चैत्र २०७९, बिहीबार
फ्रि कल उपलब्ध गराइरहेको भन्दै आएको सामाजिक सञ्जालको गलत जानकारीबाट बच्न नेपाल टेलिकमको आग्रह

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो संस्थाले फ्रि कल उपलब्ध गराइरहेको भन्दै सामाजिक सञ्जालहरुमा भ्रम फैलाईरहेको प्रति सचेत रहन आग्रह गरेको छ।

सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्नो ट्वीटर एकाउन्टमार्फत सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएकोले यसप्रति सचेत रहन भनेको हो।

“नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको” भनेर विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ,” कम्पनीको सूचनामा भनिएको छ।

यसका साथै विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकमार्फत उपलब्ध हुने कल बाहेक नेपाल टेलिकमले अन्य कुनैपनि प्रकारको फ्रि कल उपलब्ध नगराएको जानकारी समेत दिएको छ।

यसका साथै कम्पनीको आधिकारिक वेबपेज, एप, ब्लु टिकसहितको आधिकारिक फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई आधार मानेर त्यसै अनुसार कम्पनीका सेवाहरुको बारेमा अद्यावधिक हुन समेत सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार