टेलिनरद्वारा स्विडेनमा ड्राइभरलेस कारहरूको पहिलो परीक्षणको घोषणा

  • Technology Khabar | १ चैत्र २०७९, बुधबार
टेलिनरद्वारा स्विडेनमा ड्राइभरलेस कारहरूको पहिलो परीक्षणको घोषणा

काठमाडौं ।

टेलिनरले यहि वसन्त याममा स्विडेनी सार्वजनिक सडकहरूमा ड्राइभरलेस (चालकविहीन) कारहरूको पहिलो परीक्षणको घोषणा गरेको छ।

स्वीडेनको आविष्कार एजेन्सी भिनोभाले यस वसन्तमा सार्वजनिक सडकमा चालकविहीन कारको स्वीडेनको पहिलो परीक्षणका लागि रकम उपलब्ध गराएको टेलिनरले बताएको छ।

केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीले यस परियोजनाको नेतृत्व गर्नेछ भने टेलिनोरले फाइभजी र एज कम्प्युटिङमा आफ्नो अनुभव प्रदान गर्ने रिपोर्टमा उल्लेख छ।

परियोजनाका अन्य सदस्यहरू भोल्भो कार र स्विडेनी कम्पनी एक्सेन्स भिजन हुन्, जसले ट्राफिक सेन्सरहरू बनाउँछ।

प्रकाशित: १ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार