
काठमाडौं ।
भारत र अमेरिकाले विश्वभर सेमीकण्डक्टर (अर्धचालक)को आपूर्ति बढाउन मिलेर काम गर्ने भएका छन्। यस सम्बन्धमा शुक्रबार भारत–अमेरिका वाणिज्य संवादका क्रममा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय वाणिज्य मन्त्रालयले जानकारी दिएको छ।
उद्योगमन्त्री पियुष गोयलको निमन्त्रणामा अमेरिकी वाणिज्य सचिव जीना रायमन्डो भारत–अमेरिका सीईओ फोरममा सहभागी हुन दिल्ली आएकी हुन्। यो सम्झौता अनुसार दुवै देशले सेमीकन्डक्टर सप्लाई चेन र इनोभेसनको क्षेत्रमा साझेदारीमा काम गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
चीनले अमेरिकी प्रतिबन्धको सामना गरिरहेको बेला धेरै अमेरिकी कम्पनीहरूले भारतीय कम्पनीहरूसँग इलेक्ट्रोनिक्स र सेमी-कन्डक्टर पार्ट्सको आपूर्ति श्रृंखलामा काम गर्न चाहेको बताईएको छ। भारतले चिप र डिस्प्ले उत्पादनका लागि १००० करोड भारतीय रुपैयाँको प्रोत्साहन योजना पनि सुरु गरेको छ। यस्तो अवस्थामा भारत र अमेरिकाबीचको यो सम्झौताबाट दुवै देशलाई फाइदा हुने रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार