कोहलपुर क्षेत्रमा सीसीटीभी जडान

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
कोहलपुर क्षेत्रमा सीसीटीभी जडान
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालगञ्जपछिको दोस्रो ठूलो शहर कोहलपुर क्षेत्रमा दिनहुँ बढ्दै गएको सवारी दुर्घटना र चोरीलगायतका गतिविधि नियन्त्रणका लागि प्रहरीले सीसीटीभी क्यामरा जडान अभियान सुरु गरेको छ।

रातिको समयमा हुने दुर्घटना, चोरी र अन्य आपराधिक घटनाको अनुसन्धान गर्न प्रहरीलाई समस्या भएपछि सुरक्षाका लागि इलाका प्रहरी कार्यालय कोहलपुरले सो अभियान थालेको हो।

सहरका केही ठाउँमा जडान गरिएको क्यामरा बिग्रिएको र धेरै ठाउँमा क्यामरा नरहेकाले सुरक्षा चुनौती बढ्दै गएको इलाका प्रहरी प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए ।

यस अभियानअन्तर्गत सुनचाँदी व्यवसायी, बैक तथा वित्तीय संस्था पसल मार्ट, होटल, उद्योगव्यवसायी समेत आफ्नो क्षेत्रमा क्यामेरा जडान गरी एउटा सडक क्षेत्रतिर फर्काउनु अनुरोध गरिने प्रहरीले जनाएको छ।

कोहलपुर सहर क्षेत्रभित्र करिव ३०० भन्दा बढी सीसीटीभी क्यामरा जडान हुने अपेक्षा गरिएको छ। गोरखापत्रबाट

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार