Technology Khabar १८ फाल्गुन २०७९, बिहीबार
काठमाडौं ।
अनलाइन मिडिया अनलाइनखबरको फेसबुक पेज ह्याक भएको कम्पनीले जनाएको छ।
अनलाइनखबर नेपाल प्रालिले आफ्नो फेसबुक पेजमा अनधिकृत रूपमा प्रवेश गरी केही व्यक्तिले आपत्तिजनक पोष्ट र फोटोहरु सेयर गरेको आफ्नो आधिकारिक ट्विटर एकाउन्टमार्फत जानकारी दिएको छ।
कम्पनीले हाल थर्डपार्टी एक्सेस र त्यसमार्फत भएका पोष्टहरु हटाइसकिएको भन्दै अनधिकृत रूपमा प्रवेश गरी केही व्यक्तिले आपत्तिजनक पोष्ट र फोटोहरु सेयर गरेको पाइएको हुँदा यसबाट पर्न गएको समस्याप्रति अनलाइनखबरले माफी समेत मागेको छ।
अनलाइनखबरको फेसबुक पेजमा अनधिकृत रूपमा प्रवेश गरी केही व्यक्तिले आपत्तिजनक पोष्ट र फोटोहरु सेयर गरेको पाइएको हुँदा यसबाट पर्न गएको समस्याप्रति अनलाइनखबर क्षमायाचना गर्दछ । हाल थर्डपार्टी एक्सेस र त्यसमार्फत भएका पोष्टहरु हटाइसकिएको जानकारी गराउँदछौं ।
अनलाइनखबर डटकम
— Onlinekhabar (@Online_khabar) March 2, 2023
यसअघि सामाजिक संजालहरुमा प्रयोगकर्ताहरुले उक्त मिडियाको फेसबुक पेजको स्क्रिनसटहरु राखेर ह्याक भएको भन्दै त्यस बारेमा आधिकारीक कुरा के हो भनेर सोधेका थिए।
एक साइबर सुरक्षा विज्ञले भने उक्त ह्याक पेजमा राखिएको गुगल ड्राइभमा मालवेयर भएको बताएका थिए। उनले उक्त फाइल नखोल्न भन्दै उक्त मालवेयर कुनै पनि एन्टी-मालवेयर सलुसनद्वारा पत्ता नलगाइएको जानकारी दिए।
उनकाअनुसार यदि यो इन्स्टल गरिएको छ भने, यसले डिभाइसमा रहेका इतिहास विवरणहरू सहित ब्राउजरमा सुरक्षित गरिएका सबै जानकारी चोर्ने उल्लेख गरेका थिए।
Please don't open the Google drive file. This is a stealer malware which is not detected by any anti-malware solution and if installed, it will steal your all information saved in browser including history details https://t.co/0ichR5fx2E
— Bijay Limbu Senihang ????️ (@bijaysenihang) March 2, 2023
अनलाइनखबरमा आबद्ध एक अधिकारीले यसअघि पनि फेसबुक पेजमा त्यस्तो समस्या भोगेको र समाधान गरेपनि अहिले फेरी थप समस्या आएको बताए।
उनले पछिल्लो समय नियमितरुपमा अनलाइन खबरका सामाजिक संजाल पेजहरुमा ध्यान दिईएको र सुरक्षा अपनाईरहेको बताए।
कम्पनीले उक्त अनधिकृत प्रवेश कसरी भयो र थप अनुसन्धान भए नभएको बारेमा भने केहि उल्लेख गरेको छैन्।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार