
काठमाडौं ।
कुमारी बैंक लिमिटेड र साइमेक्स इन्क प्रालिबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ।
विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप
आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको जनाएको छ।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार