Technology Khabar १८ फाल्गुन २०७९, बिहीबार
काठमाडौं ।
डेलले प्रिमियम ल्यापटपहरूको लोकप्रिय एक्सपीएस सिरिज अन्तर्गतको नयाँ मोडलहरू लन्च गरेको छ। एक्सपी ३ १५ ९५३० मोडल ९५०० सिरिज अन्तर्गतको सबैभन्दा नयाँ इन्ट्रि रहेको बताइएको छ। साथै यसलाई पछिल्लो पुस्ताको तुलनामा सानो अपग्रेडका साथ रिफ्रेस मोडेलको रूपमा ल्याइएको हो।
कम्पनीको पछिल्लो नोटबुकमा ल्याटेस्ट जेनेरेसनको इन्टेल सीपीयू र एनभीडीया जीपीयू फिचर गरिएको छ। आफ्नो प्रतिष्ठित निर्माण सौन्दर्यमा अडिग रहँदै यस नयाँ एक्सपीएस १५ ९५३० ले आफ्नो सीएनसी मेसिन आल्मुनियम कायम राखेको र पाम रेस्टको लागि कार्बन फाइबर कम्पोजिट प्रयोग गरिएको बताइएको छ। साथै ग्राहकहरूले टच प्यानल सपोर्ट गर्ने ओएलईडी प्यानलमा ३.५के रिजोल्युसनको साथ १५.६ इन्चको इन्फिनिटी एज डिस्प्ले पनि रोज्न सक्ने उल्लेख छ। त्यसैगरी यस स्क्रिनले ४०० निट्स ब्राइटनेस, डिस्प्लेएचडीआर ५०० सर्टिफिकेसन र सय प्रतिशत डीसीआई पी३ कलर गामुट पनि प्रदान गर्ने उल्लेख गरिएको छ।
यस बाहेक, ग्राहकहरूले १५.६ इन्चको एफएचडी प्लस प्यानल पनि छनोट गर्न सक्ने बताइएको छ। यस १५.६ इन्चको एफएचडी प्लस प्यानलमा फुल एचडी प्लस रिजोल्युसन आईपीएस डिस्प्ले रहे तापनि टचलाई भने सपोर्ट नगर्ने तर सय प्रतिशत एसआरजीबी कलर गामट प्रदान गर्ने उल्लेख छ। साथै हुड अन्तर्गत, एक्सपीएस १५ ९५३० मा या त कोर आई५–१३५००एच, कोर आई७–१३७००एच वा कोर आई९–१३९००एच सुसज्जित हुने सम्भावना रहेको बताइएको छ। त्यसैगरी यी प्रोसेसरहरू ६४ जीबी सम्मका डुअल च्यानल डीडीआर५ ४८०० मेगाहर्जको र्याम र पूर्ण रूपमा ८टीबी आन्तरिक स्टोरेजसँग जोड्न सकिने बताइएको छ। ग्राफिक्सका लागि भने एनभीडीया जीईफोर्स आरटीएक्स ४०५०, आरटीएक्स ४०६० र आरटीएक्स ४०७० को ४० वाट भेरियन्टहरूसँगै इन्टेल आर्क ए३७०एम विकल्प रोज्न सक्ने छन्।
कनेक्टिभिटि अप्सनहरूमा दुई थन्डरबोल्ट चारओटा पोर्टहरु, एउटा यूएसबी ३.२ जेन२ टाइप–सी पोर्ट, र डिस्प्ले पोर्ट समावेश गरिएका छन्। डेलले बाकसमा यूएसबी टाइप–सी ३.०, टाइप–ए र एचडीएमआई २.० एडाप्टर पनि सँगै ढुवानी गरी पठाउने बताइएको छ। साथै यसमा फुल साइजको एसडी कार्ड ६.० रिडर र ३.५ एमएम हेडफोन ज्याकका साथै वाइफाइ ६ र ब्लुटुथ ५.२ पनि फिचर गरिएको छ। कम्पनीले एक्सपीएस १५ ९५३० लाई २९४९ अमेरिकी डलरको मूल्य ट्यागबाट सुरु गरी बिक्री गरिरहेको गिज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार