साइबर सुरक्षाबारे अभिमुखीकरण

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
साइबर सुरक्षाबारे अभिमुखीकरण

काठमाडौं ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म नै जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ।

सुनौलो नेपाल अनलाइन र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा बरेङ गाउँपालिकामा साइबर अपराध र साइबर सुरक्षासम्बन्धी यस्तै एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

सामाजिक सञ्जालको बढी प्रयोग गर्ने समूहलाई लक्षित गरी सञ्चालित सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक गरी दुई सयभन्दा बढीको सहभागिता थियो।

उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले इन्टरनेटको जमानामा हुर्के बढेका बालबालिका, पढ्दै गरेका विद्यार्थीलगायत अभिभावकले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए। “साइबर असुरक्षाको जोखिम हाम्रा बालबालिकामा बढी परेको छ”, उनले भने “जोखिम कम गर्ने एउटै उपाय सचेतना हो।”

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का लगायतले साइबर सुरक्षा र साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Best corporate & dedicated internet provider in Nepal: why businesses are choosing Classic Tech in 2026

  • Technology Khabar
  • १४ फाल्गुन २०७९, आईतवार