
काठमाडौं ।
नमस्ते पे ले २०७९ फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकटमा विभिन्न अफरहरु ल्याएको छ।
नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले “FLY300” प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा रु.३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १००% क्यासब्याक पाउनेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मुल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्ने जनाएको छ।
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार