एमडब्लूसी २०२३: मोबाईल टेक्नोलोजीको नविनतम ट्रेन्डबाट के अपेक्षा राख्ने ?

  • Technology Khabar | ७ फाल्गुन २०७९, आईतवार
एमडब्लूसी २०२३: मोबाईल टेक्नोलोजीको नविनतम ट्रेन्डबाट के अपेक्षा राख्ने ?

काठमाडौं ।

डिजिटल इभेन्टस्हरूको संख्या दिन प्रति दिन बढ्ने क्रममा रहेको छ। साथै आजभोलि प्राय ब्रान्डहरू आफ्ना नयाँ उत्पादनहरूको बारे सम्पूर्ण विश्व सामु भर्चुअल वातावरण मार्फत घोषणा गर्न रुचाईरहेको देखिने गरिएको छ।। यद्यपि, सबै ठूला टेक ब्रान्डहरू एकैठाँउमा सँगै भेला हुने इभेन्टहरू अझै पनि विद्यमान छन्। यस मध्येको सबैभन्दा ठूलो होः मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी)। यस शो मार्फत थुप्रै स्मार्टफोन, स्मार्टवाच, ट्याब्लेटका साथै अन्य नयाँ टेक्नोलोजीहरु अनवरण भएको देख्ने गरिएको छ।

यसपटकको एमडब्लूसी २०२३ कहिले आयोजना हुँदै छ र यस इभेन्टबाट के आशा गर्न सक्छौं भन्ने विषयको जानकारी यहाँ उल्लेख गरिएको छ…

मोबाइल वर्ल्ड कंग्रेस कहिले हुन्छ?
हरेक वर्षको फेब्रुअरी महिनाको अन्तिम हप्तामा सुरु/आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेसको यस परम्परालाई २०२३ मा पनि निरन्तरता दिने बताइएको छ। जीएसएमले आयोजना गरेको एमडब्लूसी २०२३ आगामी फेब्रुअरी २७ (सोमबार) देखि मार्च २ (बिहीबार) सम्म स्पेनको बार्सिलोनामा आयोजना हुने छ। एमडब्लूसी अघिल्लो दिनहरू (फेब्रुअरी २५ र २६ )मा मिडिया लन्च हुने थप बताइएको छ।

एमडब्लूसी २०२३ मा शाओमी

ब्रान्डहरू मध्येको एक शाओमीले आफ्नो धेरै प्रतिस्पर्धीहरूका साथै एमडब्लूसी २०२३ मा सहभागी हुनेछ। हालै शाओमी १३ सिरिज ल्याएको कम्पनीले बार्सिलोनामा शाओमी १३ अल्ट्रा मोडलको साथ देखा पर्ने बताइएको छ। साथै शाओमी १३ अल्ट्रा मोडल लाईका क्यामरासहित फ्ल्यागशिप स्न्यापड्रागन–पावर्ड फोन हुन सक्ने उल्लेख गरिएको छ।

कम्पनीका संस्थापक र सीईओ, लेई जुनले फेब्रुअरी २६ को मिति बारे पुष्टि गरेको हुन्। यद्यपि, कम्पनीहरूले प्रायः कार्यक्रम भन्दा पहिले नै आफ्ना उत्पादनहरू बारे घोषणा गर्ने गरेको भएकाले उक्त इभेन्टको केही दिन अघि नै यस प्रोडक्टको प्रचार गरिएको देख्न सकिने सम्भावना रहेको थप बताइएको छ।

एमडब्लूसी २०२३ मा ओप्पो

संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताहरू मध्ये एक ओप्पो एमडब्लूसी २०२३ मा सहभागी हुनेछ। यस कम्पनी तर्फबाट सबैभन्दा ठूलो आश्चर्य ओप्पो फाइन्ड एक्स ६ हुने अपेक्षा गरिएको छ। त्यसैगरी ओप्पो प्याड २ का साथै फोल्डिंग ओप्पो फाइन्ड एन२ फ्लिपको पनि अफवाहहरू रहेको बताइएको छ। हालसालै मात्र चीनमा फाइन्ड एन२ फ्लिप प्रस्तुत गरिएको थियो र यसले उच्च प्रशंसा प्राप्त गरेको थियो। साथै कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई विभिन्न मोडल र प्रविधिहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

एमडब्लूसी २०२३ मा सामसङ
सामसङले गत वर्षको मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा ल्यापटपको नयाँ मोडलहरू प्रस्तुत गरेको थियो। सामसङले ग्यालेक्सी अनप्याक्डमार्फत ग्यालेक्सी एस२३ को परिवार र ग्यालेक्सी बुक ३ प्रो सिरिज प्रदान गरिसकेको छ। एमडब्लूसीमा सामसङबाट कुनै प्रमुख घोषणाहरू हुने बारे केही निश्चित नभए पनि दक्षिण कोरियाली टेक जायण्टले एमडब्लूसी २०२३मा केहि प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

एमडब्लूसी २०२३ मा रियलमी

केही वर्षअघि मात्र शाओमीको रेडमीसँग प्रतिस्पर्धा गर्न भनी स्थापना भएको रियलमी अहिले स्मार्टफोन बजारमा महत्वपूर्ण खेलाडी बनेको छ। कम्पनीले एमडब्लूसी २०२२ को दौरान रियलमी जीटी २ र जीटी २ प्रोको अन्तर्राष्ट्रिय सुरुवातको घोषणा गरेको थियो। साथै रियलमी जीटी नियो ५ फेब्रुअरी ९ मा लन्च हुने अपेक्षा गरिएको छ। त्यसैकारणले गर्दा रियलमीले एमडब्लूसी २०२३ मा एक साधारण प्रदर्शन गर्ने वा केही पनि प्रदर्शन नगर्ने सम्भावना रहेको बताइएको छ।

एमडब्लूसी २०२३ मा ह्वावे

अमेरिकी प्रतिबन्धका कारण स्मार्टफोन बजारमा कठिनाइको सामना गरिरहेको ह्वावेले त्यसको बवजुद पनि अत्याधुनिक प्रोडक्टहरूको प्रयोग (एक्सपेरिमेन्ट) र उत्पादनलाई भने निरन्तरता दिईनै रहने बताइएको छ। एमडब्लूसी २०२३ को लागि भनी ह्वावेले सँग ठूला योजनाहरू रहेको र कम्पनीले उक्त कार्यक्रममा आफ्नो ठूलो उपस्थिति दिने योजनामा रहेको छ। त्यसोभए ह्वावेले के लन्च गर्ला? अफवाहका अनुसार स्याटेलाइट कम्युनिकेसन फङ्सन रहेको कम्पनीको नेक्स्ट–जेन फोल्डिंग फोन, ह्वावे मेट एक्स ३ एमडब्लूसी २०२३ मा देख्न सकिने सम्भावना रहेको छ। साथै एमडब्लूसी २०२३ मा ह्वावे पी६०र ह्वावे मेट ६० को अफवाहहरू पनि रहेको तर यी मध्ये कुनै पनि अहिलेसम्म पुष्टि भई नसकेको बताइएको छ।

एमडब्लूसी २०२३ मा नोकिया

एमडब्लूसी २०२३ मा उपस्थित कम्पनीहरू मध्ये लेजेन्डरी नोकिया पनि एक हुनेछ। यद्यपि,नोकियाको उपस्थितिलाई भने धेरै अपेक्षाहरूका साथ नलिनलाई आग्रह गरिएको छ। दुर्भाग्यवश, ब्रान्ड पहिले जति प्रभावशाली थियो अहिले भने त्यसस्तर देखि टाढा रहेको बताइएको छ। आजका दिनहरुमा कम्पनीले क्लासिक मोडेलहरूको इन्ट्री–लेवल रअपडेटेड संस्करणहरू मात्र प्रदान गर्ने गरेको छ। साथै कार्यक्रममा नोकिया बुथको भ्रमणमा यही नै देखिने सम्भावना रहेको उल्लेख गरिएको छ।

एमडब्लूसी २०२३ मा अनर

कुनै समय ह्वावेसँग सम्बन्धित रहेको अनर यस वर्षको एमडब्लूसीमा एक स्वतन्त्र ब्रान्डको रूपमा देखा पर्ने भएको छ। एमडब्लूसी २०२३ को लागि भनेर कम्पनीसँग ठूला योजनाहरू रहेको बताइएको छ। कम्पनीले अनर म्याजिक ५ सिरिज लन्च गर्ने र म्याजिक भीएसलाई विश्वव्यापी रूपमा लन्च गर्ने पुष्टि गरेको छ। त्यसैगरी कम्पनीले केहि अहिलेसम्म थाहा नभएका आश्चर्यजनक उत्पादनहरू पहिलो पटक प्रदर्शन गर्नेछ।

एमडब्लूसी २०२३ मा गुगल

एन्ड्रोइडको विकासकर्ता र आफ्नै फोनको निर्माताको रूपमा गुगलले मोबाइल टेक्नोलोजीको संसारमा महत्त्वपूर्ण स्थान ओगटेको छ। यद्यपि, कम्पनीले आफ्नो उत्पादनहरुलाई एप्पलले जस्तै कार्यक्रम आयोजना गरी प्रवर्द्धन गर्दछ । गुगल आई/ओ को रूपमा चिनिने कार्यक्रमलाई कम्पनीले एन्ड्रोइड र नयाँ उत्पादनहरू दुवै प्रदर्शन गर्नको लागि प्रयोग गर्ने गरेको छ। तर्सथ एमडब्लूसी २०२३ मा अमेरिकी टेक्नोलोजी जायण्टको उल्लेखनीय उपस्थिति हुने अपेक्षा नगरिएको बताइएको छ।

एमडब्लूसी २०२३ मा वानप्लस

कुनै बेला “फ्ल्यागशिप किलर“ को रूपमा परिचित रहेको वानप्लस अहिले भने मूल्यको सन्दर्भमा अब त्यति प्रतिस्पर्धी नभएको उल्ल्लेख गरिएको छ। यद्यपि, कम्पनीले अझै पनि सफल स्मार्टफोन उत्पादन गर्दै आएको छ। वानप्लसले केहि दिन अघि वानप्लस ११ र अन्य डिभाइसहरूको घोषणा गरेको थियो। तर कम्पनीले एमडब्लूसी २०२३ कार्यक्रममा नयाँ वनप्लस कन्सेप्ट प्रदर्शन गर्ने वाचा गरेको छ। साथै फोल्डेबल वानप्लस मोडेलको अफवाहहरू पनि रहेको र कुनै पनि विकासको लागि भने एमडब्लूसी २०२३ सम्म पर्खनुपर्ने बताइएको छ।

एमडब्लूसी २०२३ मा मोटोरोला

आफ्नो विगतको छाँयामा बाँचिरहेको अर्को फोन निर्माता मध्ये एक मोटोरोला पनि रहेको छ। कुनै बेला शीर्ष स्थानमा रहेको कम्पनी अहिले लेनोभो अन्तर्गत काम गरिरहेको छ। लेनोभोले एमडब्लूसी २०२३ मा धेरै नयाँ उत्पादनहरू प्रस्तुत गर्नेछ। त्यसैले मोटोरोलाले पनि त्यस्तै रणनीति अपनाउने सम्भावना रहेको बताइएको छ। सायद मोटोरोला एज ४० ती मध्ये एक हुन सक्ने उल्लेख गरिएको छ।

एमडब्लूसी २०२३ मा टेक्नो
तुलनात्मक रूपमा टेक्नो एक नयाँ स्मार्टफोन निर्माता भएको बताइएको छ। साथै टेक्नो आफ्नो क्षेत्रीय उत्पादन र मार्केटिङ रणनीतिहरुसँगै सन् २०२२ को तिव गतीमा बढ्ने डेब्यु ब्रान्डहरु मध्ये एक भएको छ। एमडब्लूसी २०२३ मा कम्पनीले फ्यान्टम सिरिज अन्तर्गत आफ्नो ल्याटेस्ट फ्ल्यागशिप मोडल लन्च गर्ने घोषणा गरेको छ। टेक्नो बुथमा कम्पनीले फ्यान्टम, क्यामन, स्पार्क, र पोभा जस्ता स्मार्टफोन सिरिजका नयाँ मोडलहरू जस्त प्रस्तुत गर्ने बताइएको छ।

एमडब्लूसी २०२३ मा भिभो

स्मार्टफोन निर्माताहरु माझ भिभोको लोकप्रियता बढ्ने त्रम जारी छ। भीभोले कम मूल्य देखि उच्च मूल्यसम्मको रेञ्जमा उत्पादनहरू प्रदान गर्ने भएकाले कम्पनीले विषेश गरि इन्ट्री–लेवल र मिड–रेञ्ज मोडेलहरूको लागि आफ्नो प्रतिष्ठा स्थापित गरेको छ। दुर्भाग्यवश, एमडब्लूसी २०२३ को लागि भीभोको योजनाहरू बारे जानकारी नभएको र कम्पनीबाट चाँडै नै एउटा घोषणा आउने आशा गरिएको बताइएको छ।

एमडब्लूसी २०२३ मा मिडियाटेक

मिडियाटेकले वर्षमा लगभग २ बिलियन कनेक्टेड डिभाइसहरू इनेबल गर्ने गरेको छ। कम्पनी मोबाइल डिभाइस, होम इन्टरटेनमेन्ट, कनेक्टिभिटी र इन्टरनेट अफ थिङ्गस् (आईओटी) प्रोडक्टहरूको लागि इनोभेटिभ सिस्टम–अन–चिप (एसओसी) विकास गर्दै बजारको नेतृत्व गरिरहेको छ। मिडियाटेकको एमडब्लूसी २०२३ मा टेक्नोलोजी–केन्द्रित कार्यक्रम रहने अपेक्षा गरिएको बताइएको छ। कम्पनीले हाईली पावर–इफिसेन्सी मोबाइल टेक्नोलाजीहरू, अटोमोटिभ सोलुसन र एडभान्स्ड मल्टिमिडिया उत्पादनहरू जस्तै स्मार्टफोन, ट्याब्लेट, डिजिटल टेलिभिजन, फाइभजी, भ्वाइस एस्सिटेन्ट डिभाइस(भीएडी) का साथै वेयरबल्स प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...