
काठमाडौं ।
अनरले क्वालकमको नयाँ स्न्यापड्रागन ६ जेन १ चिपसेटद्वारा संचालित मिड–रेञ्ज स्मार्टफोनमा काम गरिरहेको भनेर चिनियाँ सोशल मिडियामा पछिल्लो समयमा अफवाहहरु फैलिरहेको छ। साथै अनरले उक्त फोनको काम छिटो समापन गरेको खण्डमा उक्त फोन बजारमा एसओसी भएको पहिलो ह्यान्डसेट हुन सक्ने दाबी गरिएको छ।
साथै चिपको अतिरिक्त उक्त फोनमा कर्भड ओएलईडी स्क्रिन, १२ जीबी सम्मको र्याम, २५६ जीबी स्टोरेज र ६००० एमएएच ब्याट्री समावेश गरिएको सेयर्ड ईमेजले उल्लेख गरेको बताइएको छ।
अनरले म्याजिक५ सिरिज र म्याजिक भीएस फोल्डेबल को यस बर्षको एमडब्लुसी बार्सिलोनामा ग्लोबल रोलआउटको घोषण गर्ने तरखरमा रहेको बुझिएको छ। यद्यपी उक्त मिड–रेञ्ज स्मार्टफोन भने अन्त कतै घोषण गरिने उल्लेख गरिएको छ। टिपस्टरका अनुसार, उक्त फोन परीक्षणको अन्तिम चरणमा रहेको हुनाले एमडब्लुसी अघि नै घोषणा गर्न सकिने उल्लेख गरिएको छ।
प्रकाशित: १९ माघ २०७९, बिहीबार