Technology Khabar १६ माघ २०७९, सोमबार
काठमाडौं ।
व्यवसायी इलन मस्कले ट्विटरलाई टेकओभर गरेदेखि नै यस प्लेटफर्ममा निरन्तर परिवर्तनहरू भइरहेका छन्। यसैबीच, केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ट्विटरको पछिल्लो अपडेटमा आफ्नो प्रोफाइलबाट ‘डीएम (डाइरेक्ट मेसेज)’ को विकल्प हटाइएको जानकारी दिएका छन्।
केहि प्रयोगकर्ताको डिभाइसहरुमा व्यक्तिगत रूपमा हेर्दा, डीएम बटन वास्तवमा धेरै एन्ड्रोइड डिभाइसहरूबाट गायब भएको छ। धेरै आईफोन प्रयोगकर्ताहरूले पनि यस्तै समस्या सामना गरिरहेका छन्।
यद्यपि ट्विटरले आधिकारिक रूपमा यो सुविधा हटाउने घोषणा गरेको छैन। केही मानिसहरू यो समस्या बगको कारण पनि हुन सक्छ भन्ने विश्वास गर्छन्।
वास्तवमा, ट्विटरले प्रयोगकर्ताहरूलाई प्रोफाइल पृष्ठमा डीएमको विकल्प दिन्छ, जसले गर्दा उनीहरूले अन्य खाताहरूमा प्रत्यक्ष सन्देश पठाउन सक्छन्। जसरी इन्स्टाग्राममा तपाईले प्रोफाइल पेजको माथिल्लो दायाँ कुनामा डीएमको विकल्प पाउनुहुन्छ, त्यसरी नै मानिसहरूले ट्विटरमा पनि यो सुविधा प्राप्त गर्थे। तर अब यो नयाँ अपडेटमा गायब भएको छ।
९टू५ गुगलको रिपोर्ट अनुसार, एक एन्ड्रोइड प्रयोगकर्ताले फोनमा डीएम फिचर हराइरहेको रिपोर्ट गरे तर जब उसले आईओएसमा आफ्नो एकाउन्ट खोले, उसले यहाँ डीएम बटन देखिरहेको थिए। अर्थात्, यो सम्भव छ कि यो समस्या बगको कारण आउँदैछ, जुन कम्पनीले छिट्टै समाधान गर्नुपर्छ।
हाल, यदि तपाइँ ट्विटरमा कुनै व्यक्तिलाई सन्देश पठाउन चाहनुहुन्छ भने, तपाइँ सन्देश विकल्पमा जानुपर्छ र यहाँ तपाइँ जसलाई सन्देश पठाउन चाहानुहुन्छ त्यसलाई खोजी गरेर मात्र टेक्स्ट गर्न सक्नुहुन्छ। तपाईंले एन्ड्रोइडमा प्रोफाइल पेजको तलको नोटिफिकेसन बारमा मेसेज बक्सको विकल्प पाउनुहुनेछ।
प्रकाशित: १६ माघ २०७९, सोमबार