पब्जीको विकल्पमा भारतले‍ आफ्नै मोबाइल गेम ल्याउँदै

Technology Khabar १६ माघ २०७९, सोमबार

काठमाडौं ।

भारत सरकारले डाटा गोपनीयता चिन्ताको कारण पहिले पब्जी र त्यसपछि बीजीएमआईमा प्रतिबन्ध लगाएको थियो। अब, यो भारतीय गेमिङ समुदायलाई ध्यानमा राखेर यी ब्याटल-रोयाल गेमहरूको नयाँ विकल्प  ल्याउने संभावना रहेको छ।

यसअन्तरगत भर्खरै बहुप्रतिक्षित ‘इन्डो–फ्युचरिस्टिक’ ब्याटल रोयाल भिडियो गेम इन्डसको ट्रेलर सार्वजनिक भएको मिन्टले उल्लेख गरेको छ।

इन्डस ब्याटल रोयाल गेम पब्जी र फ्रन्टनाइटसँग मिल्दो जुल्लो फिचर भएको गेम हो।

यसमा खेलाडीहरू हवाईजहाजबाट नक्सामा आइपुग्छन् जहाँ उनीहरूले एक–अर्कासँग लड्नु पर्छ र खेलको विजेता बन्नको लागि अन्त्यसम्म गेममा रहनु पर्ने हुन्छ।

प्रकाशित: १६ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया