ईयुको पहिलो मेनल्याण्ड स्याटेलाइट प्रक्षेपण पोर्ट उद्घाटन

  • Technology Khabar | ३० पुष २०७९, शनिबार
ईयुको पहिलो मेनल्याण्ड स्याटेलाइट प्रक्षेपण पोर्ट उद्घाटन

काठमाडौं ।

युरोपियन युनियन स्वीडेनको आर्कटिकमा नयाँ लन्चप्याडका साथ सानो स्याटेलाइटलाई अन्तरिक्षमा लन्च गर्ने आफ्नो क्षमता बढाउन चाहन्छ।

युरोपेली अधिकारीहरु र स्वीडेनका राजा कार्ल एक्सभीआई गुस्ताफले शुक्रबार युरोपियन आयोगका सदस्यहरुको स्वीडेनको भ्रमणको क्रममा ईयुको पहिलो मेनल्याड अर्बिटल कम्प्लेसको उद्घान गरेको छ।

किरुना सहर नजिकको एस्रेन्ज स्पेस सेन्टरमा नयाँ सुविधाले फ्रेन्च गुयानामा ईयुको हालको प्रक्षेपण क्षमताहरूको पूरक हुनेछ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले प्राकृतिक प्रकोपहरू वास्तविक समयमा ट्र्याक गर्न र युक्रेनमा रूसको युद्धको सन्दर्भमा विश्वव्यापी सुरक्षाको ग्यारेन्टी गर्न मद्दत गर्न साना उपग्रहहरू महत्वपूर्ण भएको बताइन्।

‘आज, हामीलाई थाहा छ कि साहसी युक्रेनी सेनाहरूले प्रभावकारी रूपमा रूसी सेनाको चाल ट्रयाक गर्न साना उपग्रहहरू प्रयोग गर्छन्,’ उनले भनिन्।

पहिलो स्याटेलाइट आगामी वर्ष प्रक्षेपण गरिने अपेक्षा गरिएको छ।

स्वीडिस स्पेस कर्पोरेसन वा एसएससीका अनुसार हालको ५ हजार अपरेस्नल स्याटेलाइटको तुलनमा २०४० सम्म स्याटेलाइटको कुला संख्या १ लाख पुग्न सक्छ।

प्रकाशित: ३० पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...