इलेक्ट्रिक सवारीले पहिलो पटक उत्तर अमेरिकामा शीर्ष अवार्ड जित्यो

  • Technology Khabar | २९ पुष २०७९, शुक्रबार
इलेक्ट्रिक सवारीले पहिलो पटक उत्तर अमेरिकामा शीर्ष अवार्ड जित्यो

काठमाडौं ।

यस वर्षको उत्तर अमेरिकन कार, ट्रक र युटिलिटी अफ द इयर अवार्डको दुई विधा इलेक्ट्रिक सवारीले जितेका छन्।

फोर्ड एफ-१५० लाइटिनिङ इलेक्ट्रिक पिकअपले उत्कृष्ट ट्रक र किया ब्याट्री पावर्ड ईभी टप एसयूभी अवार्ड जितेको न्यूयोर्क पोष्टले उल्लेख गरेको छ।

होन्डाको सानो सेडान औराले कार अफ दि एयर जितेको छ।

फाइनल चरणका पुगेका ९ मध्ये ६ ब्याट्रीबाट सञ्चालित सवारी थिए। विश्लेषकहरुका अनुसार भविष्यमा अधिक पुरस्कार ईभीले प्राप्त गर्ने सम्भावना छ किनभने उद्योगहरुले धेरै नयाँ ईभी मोडलहरु रोल आउट गर्न अबौं खर्ब गरिरहेका छन्।

प्रत्येक वर्ष जनवरीमा घोषणा हुने तीन अवार्डका लागि अमेरिका र क्यानडाका ५० अटोमोटिभ पत्रकारहरु निर्णयक छन्। तिनीहरू दर्जनौं उम्मेद्वारहरूबाट छानिएका छन् र हालको मोडल वर्षको लागि नयाँ वा पर्याप्त रूपमा परिवर्तन हुनुपर्छ। अटोमेकरहरूले पुरस्कारलाई आफ्नो विज्ञापनमा प्रयोग गर्ने गर्छन्।

निर्णयकहरुले इनोभेसन, डिजाइन, सुरक्षा, ह्यान्डलिङ, चालक सन्तुष्टि, प्रयोगकर्ताको अनुभव र मूल्यमा फाइनलिस्टहरुको मूल्यांकन गर्छन्। छनोट प्रक्रिया गत समरदेखि शुरु भएको थियो।

कार अफ द इयरका लागि जेनेसिस जी८० इलेक्ट्रिक सेडान र निशान जेड स्पोर्ट कार पनि प्रतिस्पार्धामा थिए।

फोर्ड लाइटिनिङको प्रतिस्पर्धीको रुपमा शेवरलेट सिल्भेराडो जेडआर२ अफ रोड पिकअप र लर्डटाउन मोटर्स इनडुरेन्स इलेक्ट्रिक कमर्शियल पिकअप रहेका थिए।

यूटिलिटी भेहिकल फाइनलिस्टमा क्याडिलेक लिरिक इलेक्ट्रिक एसयूभी र जेनेसिस जीभी६० इलेक्ट्रिक एसयूभी थिए।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार