इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

  • Technology Khabar | २४ पुष २०७९, आईतवार
इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

काठमाडौं ।

भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तब्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ। पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न थालेका हुन् ।

इसेवाले अन्तराष्ट्रिय गन्तब्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको छ। इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको दाबी गरेको छ।

इसेवाको सेवा मार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत् कुनै पनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिनेछ। इसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवात देखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तब्यको सुविधा दिइसकेको छ। इसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको जनाएको छ।

प्रकाशित: २४ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...