
काठमाडौं ।
टेमेनस र बाहवान साइबर टेकले नेपाल सहित ४ राष्ट्रसँग व्यापारको लागि साझेदारी गर्ने भएको छ।
टेमेनस र बाहवान साइबर टेकले ग्लोबल डिजिटल रुपान्तरणका लागि नेपाल, भारत, भुटान र श्रीलंकामा सञ्चालनको लागि रणनीतिक सम्झौता गर्ने भएको छ।
सम्झौताको एक भागको रूपमा, बाहवान साइबर टेकले यी देशहरूमा सबै टेमेनस उत्पादनहरुको बजारीकरण र कार्यान्वयनका लागि सम्झौता गर्ने भएको हो।
७ वर्षको लागि सम्झौतामा बाहवान साइबर टेकले डिजिटल सेवालाई व्यवसायीक बनाउने सम्झौता पत्र तयार पार्न लागेको जनाएको छ।
साइबर टेकले श्रीलंका, नेपाल, र भुटान र भारतमा भएका बैंकहरुले परम्परागत प्रणालीको बाधाहरुलाई प्रविधिको प्रयोगबाट हटाउन प्रयोग हुने साइबर टेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आधुनिक प्रविधिले बैंकिङको बलियो बनाउन सहज गर्नुका साथै विश्व–स्तरीय व्यावसायिक बनाउने साइबर टेकले दाबी गरेको छ।
नयाँ प्रविधिले विश्व बजारीकरणलाई बलियो पार्नुका साथै डिजिटल आपूर्ति वितरण चेन व्यवस्थापन, जोखिम व्यवस्थापन र डिजिटल विश्लेषणको अपेक्षा समेत गरेको साइबर सेलले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार