ग्राण्ड थेफ्ट अटो ६ ह्याक भएको डेभलपर रकस्टारद्वारा पुष्टि

  • Technology Khabar | ४ आश्विन २०७९, मंगलवार
ग्राण्ड थेफ्ट अटो ६ ह्याक भएको डेभलपर रकस्टारद्वारा पुष्टि

काठमाडौं ।

ग्राण्ड थेफ्ट अटो ६ ह्याक भएको डेभलपर रकस्टारले पुष्टि गरेका छन्।

ग्रान्ट थेफ्ट अटो फ्रान्चाइजीको अर्को संस्करणका ९० भन्दा बढी भिडियो र तस्बिरहरू ह्याकरद्वारा अनलाइनमा लिक गरिएको गेमका डेभलपरले बताएको बीबीसीले उल्लेख गरेको छ।

गत आइतबार लिक गरिएको सामाग्री पोष्ट गरिएको थियो। यसलाई गेमिङ इतिहासको सबैभन्दा ठूलो सुरक्षा उल्लङ्घनहरू मध्यको एक मानिएको छ।
रकस्टार गेम्सले नेटवर्क घुसपैठ कसरी भयो भन्ने कुरा अस्पष्ट रहेको बतएपनि ग्राण्ड थेफ्ट अटो ६बाट प्रारम्भिक डेभलपमेन्ट फुटेज चोरी भएको पुष्टि भएको छ।

उक्त फुटेजलाई टीपोटुबरह्याकर नामक प्रयोगकर्ताले ग्राण्ड थेफ्ट अटो फोरम साइटमा राखेका थिए।

ह्याकरले स्ल्याक मेसेजिङ एपमा रकस्टारको आन्तरिक फिडको उल्लङ्घन गरेर डाटामा पहुँच प्राप्त गरेको दाबी ग¥यो। थप लीक हुनबाट जोगिनका लागि वार्ता लागि समेत आमन्त्रित गरेको बीबीसीको रिपोर्टमा देखाइएको छ।

ग्राण्ड थेफ्ट अटो ५ र ग्राण्ड थेफ्ट अटो ६ दुबै ह्याक हुँदा स्रोत कोड, सम्पत्तिहरू, र परीक्षण निर्माणहरू खुलासा हुन सक्ने भएकाले कम्पनीको सञ्चालनलाई हानिकारक हुन सक्छ।

रकस्टारले युट्युब र ट्विटरबाट फुटेज हटाउन टेकडाउन आदेश जारी गरेका थिए। यसअघि मूल पोस्टसँगै मध्यस्थकर्ता द्वारा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा समेत राखिएको थियो।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार