
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशियाको लिग चरणको तेस्रो साताको खेल आज (मंगलबार) देखि शुरु हुनेछ। गत भदौ १४ गतेदेखि शुरु भएको पीएमपीएलको लिग चरणको दोस्रो सातासम्मको खेल सम्पन्न भइसकेका छन्।
दक्षिण एशिया क्षेत्रका उत्कृष्ट पब्जी टिमहरुका लागि फाइनल प्रवेशका लागि अब अन्तिम २० खेल मात्र बाँकी छ। अघिल्लो दुई साता र यो साताको बाँकी २० खेलमा प्राप्त हुने अंकका आधारमा उत्कृष्ट १६ टिम फाइनल प्रवेश गर्नेछन्। तेस्रो साताको अंक तालिकाको शीर्ष १२ स्थानमा रहने टिमले तालिकामा अंक थप्नका लागि थप एक लिभिक म्याप खेल्न पाउनेछन्।
यस प्रतियोगितमा कुल २० टिमको सहभागी छ। प्रतियोगिता लिग र फाइनल गरी दुई चरणमा खेलाइनेछ। लिग चरणमा उत्कृष्ट १६ स्थानमा रहने टिम फाइनलका लागि छनोट हुनेछन्।
लिग चरण ३० अगष्ट देखि २५ सेक्टेम्बरसम्म खेलिनेछ। २० टिमलाई ५ वटा समूहमा विभागजन गरिएको छ। एक दिनमा ५ खेल हुनेछ र सबै टिमले ४र४ खेल खेल्नेछन्। एक हप्तामा खेलिने २० खेलबाट शीर्ष १२ स्थानमा पर्ने टिमले एउटा अतिरिक्त लिभिक खेल खेल्न पाउँनेछन्।
लिग चरणलाई ३ हप्तामा विभाजन गरिएको छ। ५ दिनको खेललाई एक हप्ता मानिनेछ। लिगको चरणको हप्तामा शीर्ष १२ स्थानमा रहने टिमले बोनस प्वाइन्टका लागि लिभिक म्याप खेल्ने छन्। एक दिन अर्को हप्ताको शुरुवातका लागि अफ हुनेछ।
लिग चरणबाट शीर्ष १६ भित्र रहने टिम फाइनका लागि छनोट हुनेछन्। फाइनल ३० सेक्टेम्बरदेखि २ अक्टोबरसम्म खेलाइनेछ। ३ दिनसम्म सञ्चालन हुने फाइनलमा प्रत्येक टिमले १८ खेल खेल्नेछन्।
यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले उपाधीसँगै १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ५०० अमेरिकी डलर र तेस्रो हुने टिमले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछन्।
फाइनमा पुग्ने सबै टिमले अंक तालिकामा आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।
अंक तालिका


प्रकाशित: ४ आश्विन २०७९, मंगलवार