अनलाइन लोकदोहोरी प्रतियोगितामा नारायण पौडेल र विमला सुनुवारको जोडी प्रथम

  • Technology Khabar | ४ आश्विन २०७९, मंगलवार
अनलाइन लोकदोहोरी प्रतियोगितामा नारायण पौडेल र विमला सुनुवारको जोडी प्रथम

काठमाडौं ।

अनलाइन लोकदोहोरी प्रतियोगितामा नारायण पौडेल र विमला सुनुवारको जोडी प्रथम भएका छन्।

प्रथम जोडीले ५० हजार रुपैयाँ पुरस्कार पाए।

पाल्पामा सम्पन्न भएको “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ हो।

लोक दोहोरीका पिता भनेर चिनिने बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्दै आफ्नो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ इतिहासमा पहिलो र पृथक नेपाल र नेपालीको लोकदोहोरिमा अनलाइन प्रतियोगिता हुनु राम्रो रहेको बताए।

वसन्त तिमिल्सेना र संगिता तामाङको जोडी द्वितीय भएका छन्। द्वितीय जोडीले ३० हजार रुपैयाँ पाए।

यस्तै दिलु मगर र लक्ष्मण घिमिरेको जोडीले तृतिय स्थान हासिल गरेका छन्। तृतिय हुने जोडीले नगद २० हजार रुपैयाँ पाएका छन्। सबै बिजेताले नगद सहित प्रमाणपत्र र सिल्ड समेत प्राप्त गरेका हुन्।

गत वैशाख देखि आयोजित अनलाइन लाइभ लोकदोहोरी प्रतियोगितामा ५० जोडीको सहभागिता रहेको थियो।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार