अफगानिस्तानमा टिकटक र पब्जी प्रतिबन्ध

  • Technology Khabar | ४ आश्विन २०७९, मंगलवार
अफगानिस्तानमा टिकटक र पब्जी प्रतिबन्ध

काठमाडौं ।

अफगानिस्तानको तालिवान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ।

तालिवान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी पनि प्रयोगमा रोक लगाएको एएनआई न्यूज एजेन्सीले जनाएको छ।

मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक र पब्जीमा रोक लगाइएको टेलिकम्युनिकेसन विभागले जनाएको हो।

यो निर्णय कम्तीमा ३ महिना सम्म लागू हुने छ।

अफगानिस्तानमा टिकटक र पब्जी प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै २ करोड ३० लाख वेभसाइट बन्द गरेको थियो।

तालिवान सरकारका सञ्चार मन्त्री नजिबुल्लाह हक्वानीले अहिलेसम्म २ करोड ३० लाख ४० हजार वेबसाइट बन्द भएको र एउटा बन्द ग¥यो अर्को खुलेपनि ठूलो चुनौती रहेको जानकारी दिए।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...