
काठमाडौं ।
नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस वर्षको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट, रेफ्रिजेरेटर, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको व्यापक उत्पादनहरू बिक्रि गर्दै आएको छ।
नेपालमा घरायसी सामग्रीहरूका बजारमा ग्राहकले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “माइडियाको शुभकामना सरल र सुखी जीवनलाई” भन्ने नारा सहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजी भन्दा माथि का वासिङ्ग मेसिन को खरिद मा माइडियाको राइस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजेरेटर खरिदमा माइडियाको इन्डक्सन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक रहेको छ।
अफरमा ३४ हजार ३ सय रुपैयाँसम्मको क्यासब्याक रहेको छ। चाड पर्व मनाऔँ रमेर माइडियाको साथमा माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको सामाग्री हो।
माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भएको छ।
प्रकाशित: ३ आश्विन २०७९, सोमबार