पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ हुँदै, ५ हजार टिम सहभागी हुने ब्याटलमा सुबिसुले साथ दिने

  • Technology Khabar | १ आश्विन २०७९, शनिबार
पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ हुँदै, ५ हजार टिम सहभागी हुने ब्याटलमा सुबिसुले साथ दिने

काठमाडौं ।

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ।

२२ सेप्टेम्बरदेखि सुरु हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’ नोभेम्बरमा सम्पन्न हुने छ।

पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको ‘पुल प्राइज’ (कूल पुरस्कार राशी) चार लाख रुपैयाँ रहेको छ। यस बाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको सुबिसुले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ । १५ सेप्टेम्बरदेखि सुरु भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ ।

यहाँ क्लिक गरेर अथवा फोटोमा रहेको क्यूआर कोड स्क्यान गरेर टिम दर्ता गर्न सकिनेछ। यसक साथै इच्छुक सहभागीहरूले सुबिसुको फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी प्राप्त गर्नुका साथै गेमको ‘रुलबुक’ समेत हेर्न सक्नेछन्।

प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा छ। सुरुवाती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ।

प्रकाशित: १ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार