पेगासस स्पाइवेयरबारे अध्ययन गरिरहेको समूहले भारतमा फेला पार्यो ५ फोनमा मालवेयर

  • Technology Khabar | ११ भाद्र २०७९, शनिबार
पेगासस स्पाइवेयरबारे अध्ययन गरिरहेको समूहले भारतमा फेला पार्यो ५ फोनमा मालवेयर

काठमाडौं ।

पेगासस सफ्टवेयरबाट  ह्याक भएका फोनहरुको अध्ययन गरिरहेको भारतीय सर्वोच्च अदालतको प्राविधिक समितिले आफूलाई पेश गरिएका २९ फोनमध्ये पाँचमा मालवेयर भेटिएको जनाएको छ। यद्यपि, एक मालवेयर फेला पर्यो, प्राविधिक समितिले यो पेगासस स्पाइवेयर हो वा होइन भन्ने निष्कर्षमा केहि नभनेको रिपोर्टमा उल्लेख छ।

भारतीय मिडियाहरुकाअनुसार फोन बुझाएका सदस्यहरुले समितिलाई प्रतिवेदन सार्वजनिक नगर्न आग्रह गरेको बताइएको छ। रिपोर्टको रिडेक्ट गरिएको संस्करण सार्वजनिक गर्न सकिन्छ कि भनेर भारतको सर्वोच्च अदालतले अहिले विचार गरिरहेको बताईएको छ।

लाइभ लको समाचारअनुसार भारतको सर्वोच्च अदालतले गठन गरेको प्राविधिक समितिले सर्वोच्च अदालतलाई परीक्षणका लागि पेश गरिएका २९ फोनमध्ये पाँच फोनमा मात्रै मालवेयर रहेको जानकारी दिएको छ। समितिले यो मालवेयर पेगासस स्पाइवेयर हो भनेर निर्णायकरूपमा भन्न नसकिने अदालतलाई बताएको छ।

साथै, लाइभ लको समाचारअनुसार प्राविधिक समितिले सर्वोच्च अदालतमा फोन बुझाउने सदस्यहरूले प्रतिवेदन सार्वजनिक नगर्न अनुरोध गरेको बताएको छ। तसर्थ, सर्वोच्च अदालतले प्रतिवेदनको रिडेक्टेड संस्करण सार्वजनिक गर्ने कथित रूपमा विचार गरिरहेको छ। साथै, इजलासले प्राविधिक समितिलाई सरकारले सहयोग नगरेको समेत जनाएको छ।

प्राविधिक समितिले तीन भागमा आफ्नो निष्कर्ष बुझाएको बताइएको छ । यसमा मालवेयर, सार्वजनिक अनुसन्धान सामग्री र निजी मोबाइलबाट निकालिएका अन्य सामग्रीको जानकारी रहेको बताइएको छ। अहिलेको लागि, निष्कर्षहरू गोप्य रहेका छन र सार्वजनिक दृष्टिका लागि हुनेछैनन्।

प्रकाशित: ११ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार