साइबर अपराधको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न गृहमन्त्रीको सुझाब

  • Technology Khabar | १० भाद्र २०७९, शुक्रबार
साइबर अपराधको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न गृहमन्त्रीको सुझाब

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन्।

जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उनले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताए।

“सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गरिरहेको छ”, गृहमन्त्री खाँणले भने।

कार्यक्रममा नेपाल प्रहरी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले साइबर अपराधसम्बन्धी प्रशिक्षण दिएका थिए।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार