
काठमाडौं ।
पासवर्ड म्यानेजर एप ‘लास्टपास’ ह्याक भएको छ। आफ्नो एक ह्याक भएको जानकारी कम्पनी आफैले दिएको दह्याकरन्यूजले उल्लेख गरेको छ।
रिपोर्टका अनुसार यो एप संसारभरका ३.३ करोडभन्दा धेरै मानिसले प्रयोग गर्दै आइरहेका छन्।
बिहीबार कम्पनीको तर्फबाट पोस्ट गरिएको ब्लगमा यस ह्याकिङबाट कुनै पनि प्रयोगकर्ताको पासवर्ड चोरी नभएको जनाइएको छ। त्यसैले डराउनु पर्ने अवस्था छैन। ह्याकर्सहरुले लास्टपासको डेभलपर प्रोसेसमा मात्र नोक्सानी पुर्याइएको बताइएको छ। प्रयोगकर्ताको पासवर्ड चोरी गर्ने प्रयास भने विफल भएको बताइएको छ।
लास्टपास एपले आफ्नो प्रयोगकर्ताललाई नेटफ्लिक्स तथा जीमेल लगायतका एकाउन्टका लागि हार्ड टू क्रैक, अटो जेनेरेट पासवर्८ जेनेरेट र स्टोर गर्ने सुविधा उपलब्ध गराउँदै आइरहेको छ।
प्रकाशित: ११ भाद्र २०७९, शनिबार