
काठमाडौं ।
माइपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठुलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालको राइड सेयरिङ्ग एप सजिलोको मुख्य प्रायोजनमा माईपेले राइड कार्यक्रम गर्न लागेको हो।
भदौ तेस्रो हप्ता एक दिनको लागि आयोजना हुन लागेको उक्त राइड कार्यक्रममा राइड गर्न मन पराउने एक सय भन्दा बढीको सहभागिता हुने जनाइएको छ। भक्तपुरको राधे राधेदेखि धुलिखेलसम्म राइड हुनेछ। उक्त कार्यक्रममा सहभागी हुने राइडरहरुलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माईपे डिजिटल वालेटले व्यहोर्ने माईपेले जनाएको छ।
कार्यक्रममा सहभागी हुन, माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपर्ने छ। वा माइपे डाउनलोड गर्दा रिफर कोड राखी डाउनलोड गरी केवाईसी समेत भरेमा राइडको लागि योग्य हुने माइपेले जनाएको छ।
राइडमा मोटरसाइकलको पछाडि राखेर साथीसमेत लान सकिने छ र त्यसका दुवैको फर्म भरेको हुनुपर्नेछ। यसरी फर्म वा केवाईसी भरेका मध्येबाट राइडका लागि एक सय जना छनौट गरिने आयोजक माईपेले जनाकारी दिएको छ।
डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउने साथै आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेले जनाएको छ।
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार