
काठमाडौं ।
ईन्डियाको रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो दशैं तिहारलाई लक्षित गरी गोडरेजको “क्यास सर्प्राइज” नामक योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र ९ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ।
ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २६ % सम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सकिने छ। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओभनमा आकर्षक छुट पाउन सकिनेछ। त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।
साथै एसीमा आकर्षक छुट र रु ४,००० बराबरको नि:शुल्क एसि जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।
नेपालका लागि गोडरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार