
काठमाडौं ।
काठमाडौं जिल्ला अदालतमा मात्रै चल्दै आएका साइबर अपराधका मुद्दा अब सबै ठाउँमा हुने भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबार आयोजित कार्यक्रममा महान्यायाधीवक्ता खम्मबहादुर खातीले केन्द्रीय राजधानी काठमाडौं जिल्ला अदालतमा मात्र हुने साइबर अपराधका मुद्दा अब सबै जिल्ला पुग्ने व्यवस्था गर्न लागेको जानकारी दिए।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतका मुद्दा अब सबै ७७ ओटै जिल्ला अदालतबाट चलाउने व्यवस्था हुन लागेको उनले बताए।
महान्यायाधीवक्ता खातिले नेपाल ऐन संसोधन गर्न बनेको ऐन, २०७५ लाई संसोधन गरी साइबर अपराधका मुद्दामा सहजीकरण गर्न लागिएको उल्लेख गरे।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार