इन्फ्रास्ट्रक्चर आइडिया हन्ट–२०२२ को लागि आवेदन माग

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
इन्फ्रास्ट्रक्चर आइडिया हन्ट–२०२२ को लागि आवेदन माग

काठमाडौं ।

बिजनेसका नयाँ क्षेत्र, सम्भावना र सम्भाव्यता पहिल्याउन इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ हुने भएको छ।

यही भदौ २३ गते हुने नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ चौथो संस्करणको एक कार्यक्रम हो।

यसमा सहभागिताका लागि आफ्नो आइडिया पठाउन चाहनेलाई आवेदन खुला गरिएको छ।

आवेदन फारम भोली भदौं ९ गते बिहीबारसम्म नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को वेबसाइटमार्फत भर्न सकिने छ।

आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा नेपाल उद्योग परिसंघले यसको आयोजना गर्ने भएको हो।

आइडिया स्टुडियो नेपाल अनुसार पूर्वाधार विकासका लागि नवीनतम बिजनेस आइडिया भएका नेपालभित्र र विदेशमा रहेका नेपालीलाई प्रोत्साहन र अवसर प्रदान गर्ने लक्ष्यका साथ आवेदन फारम खुला गरिएका परिसंघले जनाएको छ।

हाल राष्ट्रले भोग्नुपरेका सामाजिक-आर्थिक अवरोधहरू समाधान गर्न यो कार्यक्रमबाट मद्दत मिल्ने अपेक्षा आयोजकको छ। इन्फ्रास्ट्रक्चर फर ग्रोथ अर्थात् ‘विकासका लागि पूर्वाधार’ भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुने दुईदिने कार्यक्रममा शीर्ष तीन बिजनेस आइडियाले पहिलो, दोस्रो र तेस्रो भएर क्रमशः नगद रु १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।

इन्फ्रास्ट्रक्चर आइडिया हन्ट कुनै पनि व्यक्ति तथा उद्यमको कुनै पनि चरणमा रहेका कम्पनीहरू, स्टार्टअपहरू, स्केलअप गर्ने तयारीमा रहेका स्टार्टअपहरू, विद्यार्थीहरू र भविष्यका उद्यमीहरू लागि खुला रहेको आयोजकले जनाएका छन्।

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...