
काठमाडौं ।
भारतमा फाइभजी स्मार्टफोनको बिक्री तीव्र गतिमा बढिरहेको छ। सस्तो फाइभजी स्मार्टफोन कसले ल्याउने भन्नेमा मोबाइल कम्पनीहरूबीच लडाइँ भइरहेको छ। भारतीय बजारमा रियलमी र शाओमी सबैभन्दा ठूलो खेलाडीको रूपमा देखा परेका छन्, तर मानिसहरू जियोको ५जी स्मार्टफोनको लागि समेत पर्खिरहेका छन्।
यसैबीच, शाओमीले मे २०२० देखि जुन २०२२ सम्म भारतमा ७० लाखभन्दा बढी फाइभजी स्मार्टफोन पठाएको बताएको छ। आईडीसीको तथ्यांकलाई उद्धृत गर्दै शाओमी इण्डियाले यस्तो जानकारी ट्विटरमार्फत दिएको हो।
गत वर्ष, चिनियाँ स्मार्टफोन निर्माताले ५जी स्मार्टफोन खण्डमा चलिरहेको प्रतिस्पर्धाको बीचमा आफ्ना उपकरणहरूको मूल्य घटाएको थियो।
भारतीय मिडियाहरुकाअनुसार कम्पनीले भारु १४ हजारमा ५जी स्मार्टफोन रेडमी नोट १०टी ५जीको रूपमा प्रस्ताव गरेको थियो। हाल, पोको एम४ फाइभजी यस कम्पनीको स्वतन्त्र ब्रान्ड पोकोको सबैभन्दा सस्तो ५जी स्मार्टफोन हो। यसको मूल्य लगभग ११ हजार भारु छ।
शाओमीले ४० हजार भारतीय रुपैयाँभन्दा बढी मूल्यमा कम्पनीको पहिलो ५जी स्मार्टफोनको रूपमा भारतमा एमआई १० फाइभजी लन्च गरेको थियो।
पछिल्लो समय भारतीय बजारका लागि कम्पनीले फाइभजीलाई मिड प्रिमियम रेन्जमा मात्र नभई मिड सेग्मेन्टमा पनि सस्तो बनाएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार