
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/७८ को पहिलो महिनामा नेपालमा मोबाइल चार्जरको आयात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आवको साउनको तथ्यांकअनुसार मोबाइल चार्जरको आयात करिब २ गुणाले बढेको हो।
चालु आवको साउनमा २ लाख १४ हजार ५८२ यूनिट अर्थात १ करोड २० लाख ४६ हजार रुपैयाँ बराबरको मोबाइल चार्जर आयात भएको छ। गत आव २०७८/७९ को साउनमा ७७ हजार १७२ यूनिट अर्थात ५५ लाख ९४ हजार रुपैयाँ बराबरको मोबाइल चार्जर आयात भएको थियो।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोबाइल चार्जर आयात २१५.३३ प्रतिशतले बढेको हो।
चालु साउनमा मोबाइल चार्जरबाट सरकारले ३६ लाख १३ हजार रुपैयाँ बराबरको राजश्व प्राप्त गरेको छ भने गत वर्षको सोही अवधिमा १७ लाख ७६ हजार रुपैयाँको राजश्व प्राप्त गरेको थियो।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार