मोटोरोलालाई कमजोरी सुधार गर्न ग्राहकको आग्रह

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
मोटोरोलालाई कमजोरी सुधार गर्न ग्राहकको आग्रह

काठमाडौं ।

मोटोरोला कम्पनीलाई ग्राहकहरुले मोटोरोलाका स्मार्टफोनमा आवश्यक सुधार गर्न सल्लाह दिएका छन्।

केही समयदेखि मोटोरोला स्मार्टफोनमा देखिएका कमजोरीको विषयमा ग्राहकहरूले प्रतिक्रिया दिइरहेका छन्। कम्पनीले ग्राहकको आवाज कत्तिको सुन्ला? भन्ने प्रश्न उठिरहेको इनग्याजेटले जनाएको छ।

पछिल्लो समय सार्वजनिक भएको मोटोरोला एज २०२२ ले प्रयोगकर्तामा भ्रम सृजना गरेको आरोप लगाउँदै ग्राहकलाई दुविधामा नराख्न सामाजिक अभियन्ता तथा मोटोरोलाका प्रयोगकर्ता एस. रूथरफोर्डले सुझाएका छन्।

उनले सस्तो मुल्यका मोबाइल फोन आकर्षित भएपनि आँखामा असर नगर्ने कभर सिसामा प्रयोगमा ल्याउन आग्रह गरेका छन्।

नयाँ स्मार्टफोनमा नन् प्लस एज २०२२ मा रहेको ६.६ इन्चको ठूलो स्क्रिनको १४४ हर्ज रिफ्रेस रेट प्रदान गर्छ। ५,००० एमएएचको ब्याट्रमा उपलब्ध स्मार्टफोन ६ जीबी तथा ८ जीबी र्याममा २५६ जीबी स्टोरेजमा उपलब्ध छ।

फोनले ३० वाट फास्ट चार्ज, १५ वाट वायरलेस चार्जका साथै रिभर्स चार्च पनि उपलब्ध छ।

स्मार्टफोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा र १३ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र डेप्थ सेन्सर दिइएको छ।

मोटोरोलाले ग्राहकहरुका लागि प्रतिस्पर्धी ब्रान्डको तुलनामा न्यून अपडेटहरु उपलब्ध गराउँदै आएको छ। एन्ड्रोइड अपडेटहरू समयानुसार बलियो नभए अन्य कम्पनीहरूसँग प्रतिस्पर्धामा गर्न नसक्ने भएकाले त्यसतर्फ पनि सजक रहन ग्राहकले आग्रह गरेका छन्।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...