एप्पल एयरपडले यूएसबी टाइप सी चार्जर सपोर्ट गर्ने

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार

काठमाडौं ।

एप्पलको एयरपड लोकप्रिय इयरफोन उत्पादन मध्ये एक रहेको छ। एप्पलले पनि आफ्नो लोकप्रियता कायम राख्नका लागि नियमित रुपमा एयरपड बजारमा ल्याउने गरेको छ।

कम्पनीले यो वर्षको अन्त्यसम्ममा सेकेन्ड जेनेरेसनको एप्पल एयरपड प्रो सार्वजनिक गर्ने योजना बनाएको छ। सार्वजनिक पूर्व एप्पल एयरपडको केही विस्तृत विवरण बाहिर आएको छ।

विश्लेषक मिङ चि कुको पछिल्लो रिपोर्ट अनुसार आगामी एप्पल एयरपड मोडलहरुमा चार्जिङका लागि यूएसबी टाइप सी दिइनेछ। हालसम्म कम्पनीले एयरपडमा आफ्नै स्वामित्वको लाइटनिङ पोर्ट दिँदै आइरहेको छ।

आगामी महिना सार्वजनिक हुने एप्पल एयरपडमा आधिकारिक रुपमा यूएसबी सी पोर्ट राखिन्छ वा राखिदैन भन्ने पुष्टी भइनसकेको गिज्मोचाइनाले लेखेको छ। बजारको हल्ला अनुसार आगामी वर्ष सार्वजनिक हुने एयरपडमा भने यूसबी टाइप सी पोर्ट हुनेछ।

एप्पलले सन् २०२३ मा सार्वजनिक गर्ने आईफोन मोडलमा भने यूएसबी सी चार्जिङ पोर्ट राखिने सम्भावना उच्च छ। युरोपियन युनियनले सबै डिभाइसमा यूएसबी टाइप सी चार्जिङ पोर्ट अनिवार्य गर्ने कानुन पास गरिसकेको छ।

युरोप आईफोनको ठूलो बजार मध्ये एक हो। आफ्नो ठूलो बजार बचाउनका लागि पनि एप्पलले आफ्ना डिभाइसमा यूएसबी टाइप सी चार्जिङ पोर्ट दिने सम्भावना प्रवल छ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार