
काठमाडौं ।
चीनले १८ महिना भन्दा कम समयमा तेस्रो मोड्युल प्रक्षेपणको साथ आफ्नो तियाङगोङ स्पेस स्टेशन पूरा गर्ने तयारी गरिरहेको छ।
उत्तरी बन्दरगाह सहर तियानजेनबाट कन्टेनरमा पठाइएपछि मङ्गतियान एक्सपेरिमेन्ट मोड्युल मंगलबार (अगस्ट ९) मा दक्षिण चीनको वेन्चाङ स्पेसपोर्टमा आइपुगेको चीनको मानव अन्तरिक्ष उडान एजेन्सीले घोषणा गरेको छ।
मङ्गतियान (“स्वर्गको सपना”) अर्को एसेम्बल गरिने मोड्यूल हुनेछ र लङ्ग मार्च ५बी रकेटमा अक्टोबरमा निर्धारित प्रक्षेपणको तयारीमा वेन्चाङमा परीक्षणको माध्यमबाट ग्रुज्रिने स्पेस न्यूज डटकमले रिपोर्ट गरेको छ।
५८.७ फुट लामो मोड्युल अन्तरिक्ष स्टेशनमा जडान गर्ने हबको साथ कक्षमा डक हुनेछ र त्यसपछि टी-आकारको तियानगोङ्ग अन्तरिक्ष स्टेशन पूरा गर्न तियान्हे कोर मोड्युल र वेन्तियान प्रयोग मोड्युलमा सामेल हुनका लागि अर्को पोर्टमा सारिने छ।
चीनले अप्रिल २०२१ मा तियान्हे लन्च गरेको थियो र गत महिना वेन्तियान प्रयोग मोड्युल कक्षीय परिसरमा थप्यो। दुबै प्रक्षेपणहरूले तिनीहरूको लङ मार्च ५बी रकेटहरूको विशाल पहिलो चरणको उच्च-प्रोफाइल, अनियन्त्रित रि इन्ट्रि देखेका थिए र अब मेङ्गतियान प्रक्षेपण पछि फेरि त्यस्तै हुनसक्ने बताईएको छ।
मेङ्गतियानले प्रयोगहरूको विस्तृत श्रृंखला सञ्चालन गर्न धेरै साइन्स क्याबिनेटहरू होस्ट गर्नेछ। यसमा पेलोड एयरलक पनि छ, स्टेशनको सानो रोबोटिक हातले साइन्स पेलोडहरू लिन र मोड्युलको बाहिरी भागमा प्रयोग प्लेटफर्ममा इन्स्टल गर्न अनुमति दिन्छ।
चीनले कम्तिमा एक दशकसम्म तियाङगोङ अन्तरिक्ष स्टेशन सञ्चालन गर्ने योजना बनाएको छ र यसले व्यावसायिक मिशन र पर्यटक भ्रमणका लागि समेत अन्तरिक्ष सुविधा खोल्न सक्छ।
भ्रमण गर्ने कार्गो र शेन्झाउ क्रूको अन्तरिक्ष यान डक गरिएकोसहित पूरा तियाङ्गोङ, वर्तमान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भन्दा लगभग २० प्रतिशत ठूलो हुनेछ, जुन यहाँ पृथ्वीमा लगभग ४६० टन वजनको हुनेछ।
प्रकाशित: २८ श्रावण २०७९, शनिबार