इन्टेलस्याटले एयरलाइन्सहरुलाई वनवेबको इन फ्लाइट कनेक्टिभिटी दिने

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
इन्टेलस्याटले एयरलाइन्सहरुलाई वनवेबको इन फ्लाइट कनेक्टिभिटी दिने

काठमाडौं ।

इन्टेलस्याटले विश्वभरका एयरलाइन्सहरूलाई वनवेब कनेक्टिभिटी प्रदान गर्ने भएको छ।

वनवेब र इन्टेलस्याटले एयरलाइन्सलाई इन फ्लाइट कनेक्टिभिटी (आईएफसी) प्लेटफर्म प्रदान गर्न विश्वव्यापी वितरण साझेदारी सम्झौतामा प्रवेश गरेका छन्।

साझेदारीले इन्टेलस्याटलाई वनवेबको लो अर्थ अर्बिट (लियो) स्याटेलाइट सेवाहरू विश्वभरका एयरलाइनहरूलाई वितरण गर्न सक्षम बनाउँछ।

इन्टेलस्याटको व्यापक आईएफसी अनुभव र अवस्थित जियो-स्टेशनरी (जीयो) स्याटेलाइट सेवाको साथमा यसले फाइदा दिने बताईएको छ। नतिजास्वरुप दुबै सञ्जालका फाइदाहरू लिनका उड्डयन समुदायको लागि यो बहु कक्षीय प्लेटफर्म हुनेछ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal–EU Tech Forum 2026 to spotlight digital innovation and investment opportunities

  • Technology Khabar
  • २७ श्रावण २०७९, शुक्रबार