ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

काठमाडौं ।

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ।

ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो।

‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ। ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग शेयर गरेर प्रयोगकर्ताले १० जि–क्यास (१० रुपैयाँ) प्राप्त गर्न सक्नेछन्। साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता (रजिस्टर) गरेको खण्डमा लिंक पाउनेले १० जि–क्यस र पठाउनेले पुन १० जि–क्यास गरि कुल २० जि–क्यास पाउने व्यवस्था रहेको ग्यापुका सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए।

यस्तै, ‘सेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्नुपर्ने हुन्छ। सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्ने सिइओ खड्का बताउँछन्।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×