
काठमाडौं ।
बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आवेदन दिन सकिने संख्या बढाएको छ।
मन्त्रालयकाअनुसार सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको छ।
सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार छ सय ७५ पुर्याएको हो। यसका साथै विचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाएको छ।
यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ।
सेवाग्राहीहरुले https://applydl.dotm.gov.np/ मा गएर तोकिए बमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवदेन दिनसक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवदेन दिनसक्ने बेहोरा सूचनामा खुलाइएको छ।
बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार