एएमडी मोबाइल प्रोसेसरको बजार हिस्सा २७ प्रतिशत

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
एएमडी मोबाइल प्रोसेसरको बजार हिस्सा २७ प्रतिशत

काठमाडौं ।

एएमडी मोबाइल प्रोसेसरको बजार हिस्सा बढेको छ। २०२२ को दोस्रो क्वाटरमा एएमडी मोबाइल प्रोसेसरको बजार हिस्सा २७ प्रतिशत पुगेको गिजचाइनाले उल्लेख गरेको छ।

गत वर्षको दोस्रो क्वाटरमा कम्पनीको मोबाइल सेग्मेन्टको बजार हिस्सा १४.९ प्रतिशत रहेको थियो। यो वर्ष यो वर्ष १२.१ प्रतिशत विन्दुले बढेर २७ प्रतिशत पुगेको हो।

यस्तै डेस्कटप सेग्मेन्ट ०.७ प्रतिशत विन्दुले बढेर १८.८ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको डस्कटप बजार हिस्सा १८.१ प्रतिशत थियो। अन्य सेग्मेन्टहरुको बजार हिस्सा २२.९ प्रतिशत पुगेको छ। गत वर्ष अन्य सेग्मेन्टहरुको बजार हिस्सा ११.६ प्रतिशत थिो।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार