पर्सामा परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

  • Technology Khabar | २८ श्रावण २०७९, शनिबार
पर्सामा परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ।

प्रशासन कार्यालयकाअनुसार राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाईन फाराम जिल्लाका चौधओटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको छ।

अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ। प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न ६ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो।

प्रकाशित: २८ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार