
काठमाडौं ।
नासाको जुनो अन्तरिक्ष यानले हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिलाई नजिकबाट नियाल्छ। यो २०११ मा लन्च गरिएको थियो र नासाको जेट प्रोपल्सन प्रयोगशालाद्वारा संचालित छ।
यो अन्तरिक्ष यान सन् २०१६ मा मंगल ग्रहको कक्षमा पुगेको थियो र त्यसबेलादेखि निरन्तर यस ग्रहको निगरानी गरिरहेको छ। आफ्नो भर्खरैको उडानको क्रममा, जुनोले बृहस्पतिको सतहमा ठूलो विकास पत्ता लगाएको छ। अन्तरिक्ष यानले बृहस्पति ग्रहलाई यसको ४३ औं भ्रमणमा नजिकबाट हेर्ने क्रममा ग्रहको उत्तरी ध्रुव नजिकै ठूलो आँधीबेहरी आउने गरेको तस्बिर क्याप्चर गर्यो।
यसको जुनोक्याम प्रयोग गरेर, अन्तरिक्ष यानले भर्टेक्स-जस्तो आँधी-जस्तो स्पाइरल हावाको ढाँचा तस्बिरमा क्याप्चर गर्यो। यी आँधीहरू पृथ्वीमा भएका आँधीहरूभन्दा धेरै ठूलो देखिन्छन्।
रिपोर्टका अनुसार नासाले बृहस्पति ग्रहमा यी आँधीहरू ५० किलोमिटर उचाइ र १०० किलोमिटरको दायराभित्र हुन सक्ने बताएको छ। बृहस्पति ग्रहमा यी आँधीहरू कसरी आउँछन् भनेर वैज्ञानिकहरूले हाल बुझ्ने प्रयास गरिरहेका छन् जसले ग्रहको वायुमण्डलको बारेमा समेत जानकारी दिनसक्नेछ।
नासाले जुनोक्यामबाट लिइएका यी तस्विरहरूमा देखिएका आँधी र अन्य वायुमण्डलीय घटनाहरूलाई वर्गीकरण गर्न नागरिक वैज्ञानिकहरूलाई पनि आग्रह गरेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीले यस्ता घटना र तस्बिर परीक्षण गर्न कुनै तालिम वा सफ्टवेयरको आवश्यकता नरहेको बताएको छ। नागरिक वैज्ञानिकहरूले आफ्नो ल्यापटप वा मोबाइल फोनको सहयोगमा तस्बिरहरूलाई ध्यानपूर्वक हेरेर नासालाई मद्दत गर्न सक्छन्। यसको लागि नासाले सिटिजन साइन्स परियोजनाअन्तरगत तस्बिर सार्वजनिक गर्दै अनुरोध गरेको छ।
‘बृहस्पतिको वायुमण्डलका साथै फ्लुइड डाइनामिक्स र क्लाउड केमिस्ट्री बुझ्नको लागि तिनीहरू कसरी बन्छन् भनी पत्ता लगाउनु महत्त्वपूर्ण छ,’ नासाले भन्यो। वैज्ञानिकहरू यी आँधीहरूको आकार र रंग बुझ्न इच्छुक छन्।
उत्तरी गोलार्धमा घडीको उल्टो दिशामा र दक्षिणी गोलार्धमा घडीको दिशामा घुम्ने चक्रवातहरूले विभिन्न आकार र रंगहरू लिने गरेकोमा वैज्ञानिकहरू अचम्मित छन्।
वैज्ञानिकहरूका लागि बृहस्पति ग्रह जति रोचक छ, त्यसको चन्द्रमा युरोपा पनि उत्तिकै महत्त्वपूर्ण छ। युरोपा पृथ्वीको चन्द्रमा भन्दा अलिकति सानो छ। एक विशाल महासागर यसको जमेको सतहमा लुकेको हुनसक्ने वैज्ञानिकहरू विश्वास गर्छन्। अहिलेसम्मको प्रमाणले यो खगोलीय पिण्ड तातो, नुनिलो र जीवनलाई सहयोग गर्ने तत्वहरूमा धनी हुनसक्छ भनी बताउँछ।
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार