
काठमाडौं ।
बजाज अटोले नयाँ इलेक्ट्रिक टु ह्वीलर ल्याउने भएको छ। कम्पनीले भर्खरै ‘डायनामो’ नाममा एक सवारीको पेटेन्ट दर्ता गराएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
बजाज अटो यस वर्षको शुरुवातमा पल्सर एलान, ब्लेड र ट्विनर नाममा सवारीको पेटेन्ट दर्ता गराएको छ।
बजाजले दर्ता गराएको पेटेन्ट मोटरसाइकल वा स्कुटर के को हो भन्ने जानकारी खुलाइएको छैन।
रिपोर्टका अनुसार बजाज डायनामो एक इलेक्ट्रिक स्कुटर वा मोटरसाइकल हुन सक्छ। ‘डायनमो’ एक विद्युतीय जेनेरेटर हो जसले कम्युटेटर प्रयोग गरेर डाइरेक्ट करेन्ट उत्पादन गर्छ। नाम डायनामो भएकाले बजाजको नयाँ टु ह्वीलर इलेक्ट्रिक हुने अनुमान गरिएको छ।
हाल बजाजसँग इलेक्ट्रिक लाइनअपमा चेतक इलेक्ट्रिक स्कुटर छ।
बजाजको तर्फबाट हालसम्म नयाँ उत्पादनको सम्बन्धमा कुनै जानकारी आएको छैन।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार